scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

नेकपा बैठक- अध्यक्षलाई स्पष्टीकरण, महासचिवलाई कारबाही

काठमाडौं, २ माघ । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षबाट पार्टीले कारबाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा नेता भीम रावलका अनुसार शुक्रबार पेरिसडाँडामा बसेको बैठकले महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित काम गरेकाले उनलाई कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकले संसद विघटनविरुद्ध माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । आगामी तीन दिनभित्र पार्टीका रिक्त पदहरुमा नियुक्ति गरिसक्ने पनि बैठकले निर्णय लिएको रावलले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी ओलीको आतिथ्यमा नेपालमा आएका भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध गर्नुका साथै अन्य ५ वटा विशेष प्रस्ताव गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay