scheduleबिहिवारफाल्गुन २० गते, २०७७

दिल्ली पुगेका परराष्ट्रमन्त्रीद्वारा पुरानै नक्साको ब्यानरमुनि भाषण

काठमाडौं, २ माघ । नेपाल-भारत बैठकमा नयाँ नक्साको एजेण्डा उठाउने बताउँदै भारत भ्रमणमा निस्किएका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुरानै नक्साको ब्यानरमुनि बसेर भाषण गरेका छन् ।

नेकपा ओली समूहका नेता समेत रहेका ज्ञवालीले शुक्रबार भारतको विश्व मामिला परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका हुन् । उक्त कार्यक्रमको ब्यानरमा नेपालको पुरानै नक्सा अंकित ब्यानर राखिएको देखिन्छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २७ गते राष्ट्रिय सभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नेपालको नयाँ नक्सा, सीमा विवादबारे छलफल हुने बताएका थिए ।

भ्रमणको क्रममा नेपालले सीमा विवादको एजेन्डा उठाउन चाहे पनि भारतले रुचि नदेखाएको बुझिएको छ । दुवै देशका प्रवुद्ध नागरिकद्वारा तयार बनाइएको इपिजी प्रतिवेदन बुझ्न पनि भारतले आनाकानी गर्दै आएको छ ।

सामाजिक सञ्जालमा ज्ञवालीले पुरानै नक्सा राखिएको ब्यानरमुनि गरेको भाषणको तीव्र आलोचना भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay