मुख्यमन्त्री राईको ५० वर्षमा काठमाडौंमा विवाह, विराटनगरमा भोज
काठमाडौं, २ माघ । नेकपा नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ५० वर्षको उमेरमा विवाह गर्ने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भए पनि वधुको बारेमा केही खुलासा गरिएको छैन ।
विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको राईले जानकारी दिएका छन् ।
स्रोतका अनुसार उनले बुढेशकालमा अन्तरजातीय विवाह गर्दैछन् । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आए पनि उनले प्रतिज्ञा तोड्न लागेका हुन् । किनकी अहिलेसम्म प्रदेश १ को नामाकरण गर्न सकेका छैनन् ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । राई एक युवतीसँगको सम्बन्धको चर्चाका कारण विवादमा पर्दै आएका थिए ।
दोलखाकी बालिका खड्काले उनीविरुद्ध अंश मुद्दा दायर गरेकी छिन् । अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गर्नुका साथै राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् ।