scheduleबिहिवारफाल्गुन २० गते, २०७७

काठमाडौंका यी स्थानमा आज केही घण्टा लोडसेडिङ

काठमाडौं, ३ पुस । काठमाडौंका विभिन्न ठाउँमा आज केही समय बिजुली काटिने भएको छ ।

शनिबार काठमाडौंको बूढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो ।

सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोकलगायतका सम्पूर्ण क्षेत्रमा केही घन्टा विद्युत अवरुद्ध हुनेछ ।

उता, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज बिहान ७ बजेदेखि ८ बजेसम्म बत्ती जाने गएको छ।

यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay