कम्युनिष्ट पार्टीलाई प्रचण्डमुक्त बनाउन आवश्यक छः मन्त्री साह
काठमाडौं, ३ माघ । शहरी विकास मन्त्री प्रभु साहले कम्युनिष्ट पार्टीलाई प्रचण्डमुक्त बनाउन आवश्यक रहेको बताएका छन् ।
नेकपाको प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै पूर्वमाओवादी नेता समेत रहेका उनले प्रचण्डले पदको लागि माओवादी आन्दोलन बेचेको आरोप पनि लगाए ।
प्रचण्डले आफ्नो पदभन्दा बाहिर जान नसकेको आरोप लगाउँदै उनले भने, ‘उहाँले पदको लागि माओवादी आन्दोलन बेचे, अहिले कम्युनिस्ट आन्दोलन पनि धरापमा पुर्याएका छन्प्र । चण्डले पद संकटमा परेपछि आफ्नो विचार र एजेण्डा सबै छाड्ने प्रवृत्ति छ।’
उनले प्रचण्डहरुले देशलाई गम्भीर संकटमा पुर्याएको आरोप लगाए । ‘कम्युनिस्ट आन्दोलन सफल हुने बेलामा उहाँहरुले पदकै लागि असफल बनाउन खोज्नुभयो’ उनले भने, ‘देश गम्भीर संकटमा पुगेको छ।’
पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालले पदको लोभले पार्टीमा बिग्रह सिर्जना गरेको दाबी गरे। प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि कृत्य हस्ताक्षर गरेको आरोप लगाए।
उनले भने, ‘अविश्वासको प्रस्तावमा मेरो पनि हस्ताक्षर छ। असारमा एउटा प्रयोजनका लागि उठाइएको थियो। आफ्नै सरकारलाई अविश्वासको प्रस्तावमा हालिएछ ।’
सुरुमा संसद विघटनको विरुद्धमा उभिएका साह अचानक मन्त्रीको सपथग्रहण समारोहमा भेटिएका थिए ।