scheduleशनिवारफाल्गुन १५ गते, २०७७

मोदीलाई नभेटी स्वदेश फर्कंदै परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली, ३ माघ । प्रधानमन्त्री केपी ओलीको चरित्रहत्या गर्ने भारतीय पत्रकारलाई बालुवाटारमा स्वागत गरेलगत्तै भारत भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् ।

मोदीको समय नपाएपछि मन्त्री ज्ञवाली उनलाई नभेटी स्वदेश फर्कन लागेका हुन् । मोदीसँग भेटका लागि सबै प्रयत्न असफल भएको नेपाली टोलीले निष्कर्ष निकालेको छ ।

मोदीलाई भेट्न ज्ञवालीले भारत प्रस्थान गर्नुअघिदेखि प्रयासरत थिए । अन्तिम समयसम्म प्रयास गर्दा पनि भेट हुन नसकेपछि मन्त्री ज्ञवाली निराश भएर स्वदेश फर्कन लागेका हुन् ।

मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँनका लागि होटेल ताज महलबाट विमानस्थल प्रस्थान गरिसकेका छन् ।

ज्ञवालीले प्रम ओलीको सन्देश लिएर मोदीलाई भेट्ने अपेक्षा गरेका थिए । मोदीले भेट नदिनुलाई ओलीको प्रतिनिधिसभा विघटनको कदम र उनका पछिल्ला अभिव्यक्तिहरु जिम्मेवार रहेको टिप्पणी हुन थालेको छ ।

नेपाल फर्कनुअघि उनले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay