scheduleशनिवारफाल्गुन १५ गते, २०७७

शेरबहादुरजी लोभिँदा प्रतिगमनविरुद्ध सशक्त आन्दोलन हुन सकेनः नेता कोइराला

फाइल फोटो

 

विराटनगर, ३ माघ । नेपाली कांग्रेस का नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा लोभिँदा प्रतिगमनविरुद्ध सशक्त आन्दोलन हुन नसकेको निष्कर्ष सुनाएका छन् । नेता कोइरालाले देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको निष्कर्ष सुनाएका हुन् ।

शनिबार विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै उनले केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर सशक्तरुपमा आन्दोलनमा जानुपर्नेमा जोड दिए ।

‘सभापति शेरबहादुरकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भैसकेपछि विरोधमा सशक्त भूमिका खेल्न सकेको छैन,’ उनले भने ।

मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाको निष्कर्ष थियो ।

प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको उनको बुझाई थियो । उनले संसद विघटन गर्नुका पछाडि गहिरो षड्यन्त्र रहेको जिकिर गरे ।

उनले अदालतको फैसला नकुरी प्रष्ट भएर आन्दोलनमा जान कांग्रेस चुक्न नहुने बताए । सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नबोल्न पार्टीमा रुलिङ गरेको समेत खुलासा गरे ।

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay