scheduleबिहिवारफाल्गुन २० गते, २०७७

ओलिले भने- मैले नेपाली जनता हसाउँदा उनीहरुलाई पिर पर्‍यो

काठमाडौं, ३ माघ । प्रधानमन्त्री एवम् नेकपा ओली समूहमा अध्यक्ष केपी शर्मा ओलीले आफूले हसाएर नेपाली जनता हाँसेकोमा अरुलाई पीर परेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष को प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले जनता हसाँएकोमा दुनियाँ रुवाएर आएकाहरुलाई पीर परेको भन्ने टिप्पणी गरेका हुन् ।

नेकपाकै अर्को समूह दाहाल–नेपाललाई लक्षित गर्दै ‘रुवाउने’को संज्ञा दिएका उनले भने, ‘दुनियाँ रुवाएर आएकाहरुलाई हँसाएकोमा पीर पर्‍या छ। जोक्करै रहेछ भन्याछ। कसैको घोडा खोसेर रुवाएको छ। कसैको गाडी खोसेर रुवाएको छ। कसैको घर र पैसा खोस्या छ। रुवाएको छ।’

उनले नेपाली जनता खुशी भएर हाँसेको दावी गर्दै थपे, ‘रुवाउन सकेनौं,सक्दैनाैं र रुन दिइने छैनाैं।’ उनले आफू देशको अनुहारमा मुस्कान ल्याउन खोजेको बताए ।

प्रधानमन्त्री ओलीले आफुले सर्वोच्चका न्यायाधिशलाई चिन्दा पनि नचिनेको बताउँदै आफूले न्याधिश भेटेको भन्ने समाचारको खण्डन समेत गरे । उनले सर्वोच्च अदालतमाथि आक्रमण गरेर गलत परिपाटी स्थापित गर्न खोजिएको आरोप पनि लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay