scheduleशनिवारफाल्गुन २२ गते, २०७७

भट्टराईलाई ओलीको आरोप- मन्त्री बनाइदिएँ, पुक्क लात्ता हानेर भाग्यो

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिईकन बैगुनी केटोको संज्ञा दिएका हुन् । उनले आफ्नो प्रदेशमा एउटा बैगुनी केटो निस्किएको भन्दै सम्बोधन गरे ।

‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो,’ उनले भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’

उनले त्यस्ता केटाहरुमा आफू नअल्झिने र नयाँ पुस्तालाई समेटेर अगाडि जाने बताए । सम्बोधनको क्रममा उनले चुनावमा पनि प्रदेश १ एक नम्बर बन्नुपर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay