scheduleशनिवारफाल्गुन २२ गते, २०७७

कुर्सी हल्लिन थालेपछि ओलीले संवैधानिक अङ्गलाई भङ्ग गरेः डा.केसी

काठमाडौं, ३ माघ । नागरिक अभियन्ता डा. गोविन्द केसीले सबै न्यायलयप्रति जनताले आशा गरेको बताएका छन् ।

संसद विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दोलनमा पुग्नुभएका केसीले गैरसंवैधानिक कामलाइ न्यायलयले सच्चाउने भन्दै न्यायालयप्रति जनताले आशा गरेको बताएका हुन् ।

संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीले बताए ।

संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको भन्दै उनले जनतालाई रैती बनाउनका लागि नभइ जनताका अधिकार स्थापीत गर्नका लागि भएको बताए ।

आफ्नो कुर्सी हल्लिन थालिसकेपछि ओलीले संवैधानिक अगंलाई भंग गरेको उनको आरोप छ ।

दुई तिहाई मतसहितको सरकार बनाएपछि जनताका लागि काम गर्ने मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने विश्वास लिएपनि जनताको आशाविपरीत प्रधानमन्त्री ओलीले तानशाही प्रवृत्ति देखाएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay