scheduleसोमवारफाल्गुन २४ गते, २०७७

सरकारले नागरिकको मौलिक अधिकार कुण्ठित गर्न खोज्यो : खाँण

काठमाडाैं, ३ माघ । नेपाली कांगेसका सचेतक बालकृष्ण खाँणले सरकारले नागरिकको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले बुटवलमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संविधान नै मिचेर संसद विघटन गर्दै सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री ओलीले चिनियाँ शैलीको कम्युनिष्ट शासन प्रणाली नेपालमा लागु गर्न खोजेकै कारण असफल भएको बताए ।

खाँणले अहिले संसार लोकतन्त्रको पक्षमा ,जनताको पक्षमा भएको भन्दै ओली सरकार निरंकुश,अधिनायकबादी हुन थालेको कारण यो अवस्था आएको तर्क गरे ।

उनले सरकारले नागरिकको चियो चर्चा गर्न थालेको र नागरिकको गोपनीयताको अधिकार खोस्ने कानुन ल्याएको जनाए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay