scheduleबिहिवारफाल्गुन २० गते, २०७७

प्रचण्ड-माधव फर्किनुस्, पद सुरक्षित छः प्रम ओली

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन सुझाव दिएका छन् ।

शनिबार काठमाडौंमा प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले कसैको पनि पद नखोसेको भन्दै पार्टीमा फर्किन प्रचण्ड र नेपाललाई सुझाव दिएका हुन् ।

त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई पार्टीमा नफर्किए चुनावमा सहभागी हुन समेत आग्रह गरे । त्यस्तै उनले प्रचण्डलाई तीन वर्षसम्म प्रचण्डलाई कम्युनिष्ट तालमा हिँड्न सिकाए पनि नसकेको भन्दै कटाक्ष गरेका थिए ।

प्रधानमन्त्री ओलीले देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको आरोप लगाए ।

पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चार माध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाए । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

त्यस्तै उनले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको भन्दै न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउन चूनौती दिए ।

ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको तर्क गरे।

भेलामा नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए । आफुले यसअघि बोलेको भिडियोप्रति टिकाटिप्पणी उठेको भन्दै उनले संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको धारणा राखे ।

संसद् विघटनको मुद्दा सर्वोच्च अदालतले टुंगो लगाउने भनेपनि संसद् विघ‍टन गरेर घोषणा गरिएको निर्वाचन भने हुने ठोकुवा गरे ।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay