scheduleबिहिवारफाल्गुन २० गते, २०७७

स्वदेश फर्किए मन्त्री ज्ञवाली, सम्बन्ध बलियो बनाएको जिकिर

काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्धलाई मजबूद बनाउन केन्द्रित भएको बताएका छन् ।

तीनदिने भारत भ्मण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबूद बनाउन तथा विकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रीत रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप महाकालीमा तीनवटा पुल बनाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उनले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी पनि दिए । संयुक्त आयोगको बैठकमा ट्रान्समिसन लाईन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डिपिआर गर्ने लगाएतका बिषयमा सहमति भएको उनले बताए ।

त्यस्तै रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए । नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए ।

लामो प्रयासका बावजुद पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटको लागि समय नदिएपछि प्रम ओलीको सन्देश सुनाउन नपाएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay