scheduleशनिवारफाल्गुन २२ गते, २०७७

खड्गप्रसादलाई योगेशको जवाफी हमला- तपाईंको स्तर थाहा पाएँ

काठमाडौं, ४ माघ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेकपा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि भट्टराईले पनि जवाफी हमला गरेका छन् ।

प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिईकन बैगुनी केटोको संज्ञा दिएका थिए ।

‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो,’ ओलीले भनेका थिए, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’

जवाफमा शनिबार राति भट्टराईले लेखेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो ।’

उनले ओलीलाई व्यङ्ग्य गर्दै अगाडि थपेका छन्, ‘केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay