मौसम खबरः रात परेपछि पहाडी भूभागमा आंशिक बदलीको सम्भावना
काठमाडौं, ४ माघ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले भनेको छ, ‘बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।’
आइतबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।