scheduleबिहिवारफाल्गुन २० गते, २०७७

परराष्ट्रमन्त्रीलाई मोदीले भेट नदिनु अशोभनीय घटनाः डा.लोहनी

काठमाडौं, ४ पुस । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्रमन्त्रीलाई भारतको प्रधानमन्त्रीले भेट नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना भएको टिप्पणी गरेका छन् ।

भारत भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी नेपाल फर्किएपछि डा. लोहनीले यस्तो टिप्पणी गरेका हुन् । ज्ञवालीले मोदीसँग भेटका लागि भ्रमण अगाडि र भ्रमणको क्रममा पनि लामो प्रयास गरेका थिए ।

‘नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि असोभनीय घटना हो,’ राप्रपाका अध्यक्ष समेत रहेका लोहनीले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,’यस्तो किन भयो ? नेपाल र भारत दुबैले सोच्नुपर्‍यो ।’

भारतको सामान्य पत्रकारदेखि रअका अधिकारीसम्मलाई प्रधानमन्त्री ओलीले बालुवाटारमै न्यानो आतिथ्यता दिइरहेको बेला नेपालका परराष्ट्रमन्त्रीलाई भारतका प्रधानमन्त्रीले भेट नदिएको खबर सामाजिक सञ्जालमा चर्चामा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay