जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधि चुन्न नयाँ निर्वाचनः मुख्यमन्त्री पोखरेल
काठमाडौं, ४ पुस । नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले विघटित संसदका सदस्यहरु जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधि नभएको संकेत गरेका छन् । पोखरेलले जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधि चुन्न नयाँ निर्वाचनमा जानुपरेको तर्क पेश गरेका छन् ।
आइतबार बिहान फेसबुकमा एक सन्देश लेख्दै उनले भनेका छन्, ‘प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेको/संसदको हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको हो ।’
उनले संसद विघटनपछिको राजनीतिलाई नयाँ युगतर्फको यात्राका लागि चालिएको कदमको रुपमा चित्रित गरेका छन् ।