scheduleबिहिवारफाल्गुन २० गते, २०७७

कोरोनामा यस्तो छ होटलको हालखबर

काठमाडौं, ४ माघ । कोरोनाका कारण बन्द भएका, सानाठूला होटल सञ्चालनमा आए पनि ग्राहक नआएपछि क्षमता अनुरुपको सेवा दिन नसकेको होटल व्यवसायीहरुले बताएका छन् ।

पर्याप्त सङ्ख्यामा पाहुना नआएपछि होटलहरूले १० देखि २५ प्रतिशत मात्रै सेवा दिँदै आएको बताएका छन् । सामान्य अवस्थामा पोखराको पर्यटनमा ४५ प्रतिशत योगदान आन्तरिक पर्यटकको हुन्थ्यो । तर कोरोनाको महामारीका कारण सुस्ताएको चहलपहल गएको दसैँयता सुधार हुँदै गए पनि होटल व्यवसायी सन्तुष्ट छैनन् । एकजना होटल व्यवसायी बुद्धिमान शर्माका अनुसार मूख्य सिजनमै पर्यटक नआए पछि होटल व्यवसाय संकटमा परेको छ ।

होटल व्यवसायीहरूका अनुसार यो मौसममा चितवन जाने पर्यटकको सङ्ख्या दैनिक २५ सयको हाराहारीमा हुन्थ्यो । तर हिजोआज यो सङ्ख्या ५ देखि ७ सयको हाराहारीमा मात्रै छ । सौराहामा सञ्चालित होटलहरुले मात्रै दैनिक ८० लाख भन्दा बढी घाटाको कारोबार गरीरहेका छन् ।
क्षेत्रीय होटल एशोसियसन चितवका अध्यक्ष दीपक भट्टराई घाटा व्यहोरेरै पनि होटल सञ्चालन गरिरहेको बताउछन् । सरकारले लकडाउनको घोषणा गरेपछि ठप्प भएका होटल व्यवसाय ७ महिनाअघिदेखि चल्न थालेका थिए ।

नेपाल होटल एसोसिएसन हानका अध्यक्ष सिर्जना राणाका अनुसार पर्यटक नआएपछि साना मात्रै होइन, ठूला होटेललाई पनि समस्या भइरहेको छ । नेपाल राष्ट्र बैँकको अध्ययन प्रतिवेदन अनुसार कोरोना महामारीका कारण अझैँ पनि २३ दशमलव ७६ प्रतिशत होटल तथा रेष्टुराँ खुल्न सकेका छैनन् ।

नेपालमा तारे होटल मात्र करिब १ सय ४० छन् भने अन्य साना ठुला गरी लगभग ८० हजार होटल सञ्चालनमा रहेको होटल सङ्गठनहरूको दावी छ । तर पाहुना नआउँदा १० देखि १५ खर्बको लगानी पनि जोखिममा परेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay