scheduleआइतवारफाल्गुन २३ गते, २०७७

अमेरिकी वैज्ञानिकको चेतावनी – अमेरिकामा मार्चमा कोरोनाको नयाँ भेरिएन्टको दर बढ्छ

काठमाडाैं, ४ माघ । अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् नयाँ प्रकारको कोरोना भाइरस मार्च महिनासम्म तीव्र गतिमा वृद्धि हुने अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुले चेतावनी दिएका छन् । वैज्ञानिकहरुले आउने मार्च महिनासम्म बेलायतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्टले अमेरिकाको एक समूहलाई ठूलो सङ्ख्यामा संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको केन्द्रीय रोग रोकथाम केन्द्र (सीडीसी) का वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । सीडीसीका अनुसार आउने केही हप्तामा भाइरसको नयाँ भेरिएन्टले तीव्र गतिमा मानिसलाई सङ्क्रमित बनाउन सक्ने भएकाले समयमै सावधान र सतर्क रहन पनि आग्रह गरेको छ । सीडीसीले चिसो मौसममा कोरोना सङ्क्रमणको दर वृद्धि हुँदै गएको भन्दै यस अवस्थामा नयाँ कोरोनाको भेरिएन्टमा वृद्धि हुँदा त्यसले मुलुकको स्वास्थ्य प्रणालीमाथि समस्या हुन सक्ने पनि बताएको छ ।

अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोनाका कारण ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४२ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay