scheduleसोमवारफाल्गुन २४ गते, २०७७

विश्वभर ६ करोड ७७ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

एजेन्सी, ४ माघ । विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वल्ड्रोमिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १२ हजार ८ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख ३० हजार ९ सय १४ पुगेको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ लाख ७३ हजार ३४ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय सङक्रमितको सङ्ख्या २ करोड ५१ लाख ४५ हजार ४ सय ६६ रहेको छ ।

गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ९९ हजार १ सय ८७ जना, ब्राजीलमा ६२ हजार ४ सय ५२ जना, बेलायतमा ४१ हजार ३ सय ४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४ सय ६ जना रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay