scheduleबिहिवारफाल्गुन २० गते, २०७७

एन आई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, ४ माघ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधरण सभा सम्पन्न भएको छ । संस्थाको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आइतबार आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाबाट आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा समाप्त आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको सुचना अधिकृत प्रह्लाद चन्द्र निरौलाले जानकारी दिए ।

साथै उक्त सभाबाट सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु श्री शंशाक अग्रवाल र श्री प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् ।

स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल यस संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay