सुनको मूल्यमा उतारचढाव, एकैदिन ७०० को गिरावट
काठमाडौं, ४ माघ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोबार भएको थियो। यस्तै, तेजावी सुन आइतबार प्रतितोला ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर प्रतितोला १२ सय ३० रुपैयामा झरेको छ ।