scheduleआइतवारफाल्गुन २३ गते, २०७७

ओलीको खोपडी उल्टो चलिरहेछः प्रचण्ड (भिडियो)

काठमाडौं, ४ माघ । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डले अहिले प्रधानमन्त्री केपी ओलीको खोपडी उल्टो चलिरहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले ओलीले जनताको उपलब्धिमाथि हमला गरेर कमिक गरेर बसिरहेको बताएका हुन् ।

‘अहिले ओलीको खोपडी उल्टो चलिरहेको छ, हिजो आन्दोलनबाट उपलब्धि भएको बेला रोएर हिंडेका ओली अहिले आन्दोलनका उपलब्धिमाथि हमला गरेर उत्सव मनाइरहेका छन्,’ उनले भने, ‘ओलीजी हामी अहिले तपाईसँग उत्सव मनाउन सक्दैनौं । कमिक भनेर बस्न सक्दैनौं । हामी गम्भीर र चिन्तित छौं ।’

प्रचण्डले भने, ‘हामी तपाईंको बाटोलाई प्रतिक्रान्तिकारी बाटोलाई घृणा गर्न चाहन्छौं, भर्त्सना गर्न चाहन्छौं । यो पतनको बाटो हो । व्यक्तिगतरुपमा तपाईंसँग केही लिनदिनुछैन ।’

बुर्जुवाहरुले कुहिएको माल बिकाउन धेरै राम्रो विज्ञापन गरेजस्तै ओलीले भ्रष्टाचारविरोधी मन्तव्य दिएर भ्रष्टाचारीसँग हिंडिरहेको जोगाइरहेको आरोप लगाए ।

‘हामी ओलीको रोग हामीमा पनि सर्ला भनेर डराइरहेका छौं,’ उनले भने, ‘तपाईंमा मेजर अपरेशन गरेर संक्रमण रोक्न खोजिएको हो र संक्रमण रोक्दै यसलाई कम्युनिष्ट पार्टी जस्तो बनाउन यस्तो गरिएको हो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay