२६६ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं, ४ माघ । बितेको २४ घण्टामा २६६ जना कोरोना संक्रमित थपिएका छन् भने यो अवधिमा ४०० कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै हालसम्म यसबाट ज्यान गुमाउनेको संख्या १ हजार ९५९ जना पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६१ हजार ४४४ रहेको छ ।
हाल नेपालमा ३ हजार ९१९ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा २० लाख १२ हजार ४५२ पिसिआर परीक्षण भएको छ भने ३ हजार ९१९ जना आइसोलेसनमा रहेका छन् । यीमध्ये २२१ जना क्वारेन्टिनमा रहेका छन् ।