scheduleसोमवारफाल्गुन २४ गते, २०७७

आइतबार भेटिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं, ४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को सप्तरीमा मात्र १ जनामा कोरोना देखिएको छ। बागमती प्रदेशको काठमाडौंमा १ सय ४५ जना, काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रोमछापमा १ र ललितपुरमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, तनहुँमा २, नवलपरासीमा पूर्वमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रोल्पामा १ र रुपन्देहीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २ जनामा मात्र कोरोना देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay