प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा दुगड नियुक्त
काठमाडौं, ४ माघ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को पुस २९ गतेको निर्णय अनुसार मन्त्री सरहको मर्यादा कायम हुने गरि प्रधानमन्त्री ओलीले दुगडलाई विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गरेका हुन्।
नेकपा विभाजनपछि मन्त्रिपरिषद पुनर्गठनका क्रममा पदमुक्त भएका दुगड पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको स्थानमा विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका खतिवडा अमेरिका जाने भएसँगै दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो।
नेकपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद समेत रहेका विराटनगरका उनी दुगड व्यवसायी पनि हुन् ।