scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

उपचारपछि स्वदेश फर्किएका रूसी विपक्षी नेता नाभाल्नी पक्राउ

बर्लिन, ५ माघ । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएपछि पक्राउ परेका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसी राजधानी मस्को फिर्ता फर्किएका हुन् ।

नाभेल्नीलाई रुस पुग्नेबित्तिकै प्रहरी हिरासतमा लिइएको हो । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनलाई घातक नर्व एजेन्टमार्फत हमला भएको थियो र उनी भाग्यले बाँचेका थिए । बर्लिनबाट आएको उनको विमानलाई निर्धारित विमानस्थलमा अत्याधिक भिड जम्मा भएपछि अर्को विमानस्थलमा अवतरण गराइएको थियो ।

रुसका राष्ट्रपतिको बिरोध गरेकै कारण रुसी सरकार नाभेल्नीको ज्यान लिने प्रयासमा रहेको धेरैको बुझाइ छ । केहि खोजी पत्रकारहरुले पनि यही आशयको टिप्पणी गरेका थिए । तर रुसी सरकारले सबै आरोपको खण्डन गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिनुभन्दा केहि मिनेटअघि नाभेल्नीले मस्कोको सेरेम्योत्योभ विमानस्थलमा आफ्ना समर्थकहरुसँग कुरा गरेका थिए । उनले भनेका थिए, ‘मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको पनि डर छैन र मेरा बिरुद्ध लगाइएका सबै आपराधिक मुद्दा झूठो हो ।’

गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए ।

रूसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उनी राजधानी मस्को गएका हुन् ।

क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay