scheduleशनिवारफाल्गुन १५ गते, २०७७

आन्दोलनको बीचमा कांग्रेस केन्द्रीय समिति बैठकमा

फाइल फोटो

काठमाडौं, ५ माघ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि सुरु भएको बैठक आज पुनः बस्न लागेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै काँग्रेस केन्द्रीय समिति बैठकमा जुट्दै आएको काँग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो ।

कांग्रेसभित्र आन्दोलनको रणनीति र कार्यनीति बनाउनेबारे विवाद छ । कतिपय नेताहरुले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रको कारण आन्दोलन कमजोर भएको र प्रतिगमनका लागि देउवाले ओलीलाई सघाएको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay