scheduleआइतवारफाल्गुन १६ गते, २०७७

बलिदानी दिवस मनाउँदै प्रदेश २

जनकपुरधाम, ५ माघ । प्रदेश २ सरकारले आज बलिदानी दिवस मनाउँदैछ । मधेस आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते प्रदेश २ सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको सम्झनामा मधेसी दलले बलिदानी दिवस मनाउन थालेको हो । दिवसका अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो । दिवसका अवसरमा विभिन्न कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ ।

तर, मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारहरुले भने सरकारबाट कुनैपनि राहत र सहयोग पाउन सकेको छैन । सरकारले सहिदका सपना साकार गर्ने वाचा गरेपनि सहिद परिवारहरु बिचल्लीमा परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay