बेलायतमा देखिएको नयाँ कोरोना भाइरस संक्रमित नेपालमा पनि भेटिए
काठमाडौं, ५ माघ । बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित बिरामीहरु नेपालमा पनि भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ३ जना नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको गौतमले जानकारी दिएका हुन् ।