scheduleआइतवारफाल्गुन २३ गते, २०७७

१२ बुँदे सहमतिका हस्ताक्षर पक्षहरु पुनः एकजुट हुनुपर्छः डा. भट्टराई

काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताएका छन् ।

गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने बताए ।

अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले बताए ।

उनले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे । अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी ओलीले राष्ट्रमाथि पोखेको बताए । उनले अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्ने धारणा राखे ।

त्यस्तै सिटौलाले बाध्यात्मक परिस्थीतिमा मात्र संसद विघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गरे ।

त्यस्तै उनले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमविरुद्ध संघर्ष गर्नुपर्ने जिकिर गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay