scheduleआइतवारफाल्गुन २३ गते, २०७७

आन्दोलनको उत्कर्षमा आमहड्तालतिर जानुपर्ने हुनसक्छः प्रचण्ड (भिडियो)

काठमाडौं, ५ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनको उत्कर्षमा बिस्तारै आमहड्तालतिर जानुपर्ने हुनसक्छ बताएका छन् । उनले संसद विघटनविरुद्धको आन्दोलनको उत्कर्ष आमहड्ताल हुनसक्ने संकेत गरेका हुन् ।

सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले त्यागेको बताएका छन् ।

केपी ओलीले प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको उनले बताएका छन् । संविधानमा प्रतिनिधिसभा विघटनको प्रावधान नै नभएको भन्दै प्रचण्डले प्राप्त उपलब्धिको हत्या गर्ने काम ओलीले गरेको बताए ।

प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने तर्क गरे । ओलीलाई भेडाको संज्ञा दिँदै उनले लामो संगतले आफूहरु पनि भेडाजस्तै भएको भन्दै अब ब्युँझिएर सिंह बन्नुपर्ने बताए ।

नायक होइन, खलनायकले संविधानको हत्या गर्ने कोशिस गरेकाले सम्पूर्ण नेपालीहरु एकजुट भएर बचाउनका लागि लाग्नुपर्ने उनको तर्क थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay