बेलायतका लागि राजदूत नियुक्त भए लोकदर्शन रेग्मी
काठमाडौं, ५ माघ । बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त भएका छन् । रेग्मीलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।