scheduleशनिवारफाल्गुन १५ गते, २०७७

संविधान अहिले कोमामा छ, आन्दोलनको बलमा बचाउनु पर्छ : प्रचण्ड

काठमाडाैं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको बताएका छन् । प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गदै प्रचण्डले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको समेत बताए ।

उनले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धीहरुलाई जोगाउन आफुहरु संघर्षमा उत्रनुपरेको धारणा राखे । अहिलेको विवाद पदको नभएर विचारको भएको भन्दै सहमतिमा नै ओलीले आक्रमण गरेको आरोप लगाए ।

उनले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरे । उनले संसद विघटनको विषयमा अदालतमा बहस भइरहेको भन्दै अदालतमाथि थप टिप्पणी नगर्ने स्पष्ट पारे ।

त्यस्तै नेकपा सो पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीको असंवैधानिक कदमविरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने धारणा राखे । ओलीमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने गुण नरहेको भन्दै वामदेव गौतमले नै प्रधानमन्त्रीको राजीनामा मागेको उनले दावी गरे । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत वैशाखमा चुनाव गर्ने नरहेको जिकिर गरे ।

कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताईन् । विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि नसोची ‘ओके’ गर्नु भनेको मुलुकलाई संकटको भुमरीमा पार्नु भएको उनको भनाई छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay