scheduleशनिवारफाल्गुन २२ गते, २०७७

मधेस आन्दोलनका सहिदहरुको सम्झनामा काठमाडौंमा दिप प्रञ्वलन

काठमाडाैं, ५ माघ । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा काठमाडौंमा दिप प्रञ्वलन गरिएको छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघरमा आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिप प्रञ्वलन गरेको हो ।

सो क्रममा सहभागीहरुले प्रदेश दुईको लोकसेवामा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षमता अनुसार १० प्रतिशत आरक्षण गर्नुपर्ने माग गरेका छन् । त्यस्तै संघ, प्रदेश र स्थानीय तहमा हुने निर्वाचनमा प्रमुख पदमा १० प्रतिशत सहित परिवारलाई कोटा तोक्नुपर्ने मााग गरेका छन् ।

त्यस्तै, सहिद परिवारलाई उचित राहत क्षतिपूर्ति लगाएतका व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । कार्यक्रममा सहित परिवार तथा घाइते हकहित संरक्षण समितिका सल्लाहकार सरोज यादवले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा बलिदानी दिवस मनाएको बताए ।

हरेक वर्ष माघ ५ गते मधेश केन्द्रीत दलहरु र संघ संस्थाले बलिदानी दिवस मनाउदै आएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay