कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं, ६ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेकोछ तथा तराईका भू-भागहरुमा हुस्सु/कुहिरो रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदलि रहनेछ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको विभिन्न भू-भागहरुमा आकाशमा बादललागे संगै राम्रो संग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ ।