scheduleआइतवारफाल्गुन २३ गते, २०७७

प्रिमियर लिग: न्युकासलमाथि आर्सनलको सहज जीत

काठमाडौं, ६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युकासललाई ३-० ले हराएको हो ।

आर्सनलको जीतमा पियरे एमरिक औबमेयाङले २ तथा बुकायो साकाले १ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५०औं मिनेटमा औबमेयाङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा साकाले गोल गरेपछि आर्सनलको अग्रता दोब्बर भएको थियो ।

७७औं मिनेटमा औबमेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलको ३-० को जीत सुनिश्चित भएको थियो ।

यस जीतसँगै १९ खेलबाट २७ अंक जोडेको आर्सनल अंकतालिकाको १०औं स्थानमा उक्लिएको छ । पराजित न्युकासल भने १८ खेलबाट १९ अंकसहित १५औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay