scheduleसोमवारफाल्गुन २४ गते, २०७७

सिरी ‘ए’ फुटबलमा एसी मिलानको जीत, इब्राको दुई गोल

काठमाडौं, ६ माघ । इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको एसी मिलानले जीत निकालेको छ । मिलानले काग्लियारीलाई उसैको मैदानमा २-० ले हराएको हो ।

मिलानको जीतमा दुवै गोल भेट्रान फर्वार्ड ज्लाटान इब्राहिमोभिचले गरेका थिए । खेलको सातौं मिनेटमा ज्लाटानको पेनाल्टी गोलबाट मिलानले अग्रता लिएको थियो ।

पेनाल्टी बक्समा ब्राहिम डियाजमाथि ल्याकोजियानिसले फल गरेपछि प्राप्त पेनाल्टीमा ज्लाटानले गोल गरेका थिए ।

५२औं मिनेटमा ज्लाटानले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० ले अघि बढाए । डाभिड कालाब्रियाको पासमा उनले उत्कृष्ट फिनिस गरेका थिए । त्यसपछि थप गोल निस्कन सकेन र मिलान २-० ले विजयी रह्यो ।

यस जीतसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता बनाएको छ । मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ । पराजित काग्लियारी १४ अंकसहित १७औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay