होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु
बाँके, ६ माघ । बाँकेमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –१०, भृकुटीनगरका ७० वर्षीय पुरुष रहेका छन् । पुस २६ गते कोरोना संक्रमण पुष्टि भएको उनको सोमबार राति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
उनलाई अक्सिजनको लेभल कम देखिएपछि २७ गते भेरी अस्पतालमा लगिएकोमा स्वास्थ्यमा सुधार आएपछि उनलाई २९ गते पुन: होम आइसोलेसनमा लगिएको थियो ।