प्रतिनिधि सभा विघटन मुद्दामा आजको बहस सुरु
काठमाडौं, ६ माघ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ।
आइतबारदेखि निरन्तर बहस भइरहेको संसद विघटनको मुद्दामा मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।
यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।