scheduleशनिवारफाल्गुन १५ गते, २०७७

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर : नेविसंघ

काठमाडौं, ६ माघ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु।’ ओली सरकारलाई वारम्वार प्रतिगमनको मतियार हुने गरी जनविरोधी निर्णय नलिन पनि नेवेसंघले खबरदारी गरेको छ ।

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay