scheduleसोमवारफाल्गुन २४ गते, २०७७

संसद विघटनको विरोधमा महिला संगठनहरुको संयुक्त विरोध प्रदर्शन

काठमाडाैं, ६ माघ । संसद विघटनको विरोधमा विभिन्न दलका महिला संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

मंगलबार संयुक्त महिला संघ, संघर्ष समितिले काठमाडौंको रत्नापार्कमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले गैरसंवैधानिक तवरले संगठन विघटन गरेको भन्दै त्यसकाबिरुद्ध निरन्तर विरोधका कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।

उनीहरुले निरंकुश चाहिदैन, संसद बिघटन गर्न पाईदैन, संसद बिघटनको निर्णय खारेज गर लगाएतका नारा लगाएका थिए । अखिल नेपाल महिला संघ(अनेम)की संयोजक अमृता थापाले प्रधानमन्त्रीलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर संसद बिघटन गर्नु संविधानमाथिको कु भएको भन्दै यसका बिरुद्ध एकजुट भएर विरोध गरिएको बताए ।

उहाले संसद बिघटन गर्ने कमद असंवैधानिक, अलोकतान्त्री, अधिनायकवादी र निरंकुश भएको आरोप लगाए । अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संसद बिघटनबिरुद्ध संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay