scheduleमगलवारफाल्गुन २५ गते, २०७७

हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं : प्रचण्ड

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् । दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उक्त भेलालाई सम्बोधन गर्ने क्रममा दाहालले आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको आरोप लगाउँदै आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका हुन् ।

उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा समेत गरेका छन् । उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनु भयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay