scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

केश मुण्डनसहित नेविसंघको विरोध प्रदर्शन

काठमाडाैं, ६ माघ । संविधान विपरित संसद विघटन गरिएको भन्दै नेविसंघका कार्यकताले केश मुण्डन गरेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

केश मुण्डन र कालो पट्टी बाधेर प्रधानमन्त्रीविरुद्ध नारा लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay