scheduleआइतवारफाल्गुन २३ गते, २०७७

एन्फा बैठकः यस्ता छन् निर्णयहरु

काठमाडौं, ६ माघ । विश्व कप २०२२ को छनोट लगायत विभिन्न प्रतियोगिता अखिल नेपाल फुटवलसंघ एन्फाले सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न एन्फाको १९ औं साधारण सभाले कोरोना भाइरसका कारण बाँकी रहेका प्रतियोगिता २०७८ भित्र गर्ने एन्फाले निर्णय गरेको हो । साधारणसधाले विभिन्न प्रतिवेदनहरु समेत पारित गरेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

उनले अध्यक्षको वार्षिक प्रतिवेदन र एन्फाको आयव्यसम्बन्धी प्रतिवेदन समेत अनुमोदन गरेको बताए । एन्फाको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचनमार्फतनै टुङ्गो लाग्ने र साधारण सभाले वरिष्ठ उपाध्यक्षको समेत निर्वाचनबाटै टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता राईको भनाई छ ।

बैठकले एन्फाको वार्षिक बजेटलाई समेत पारित गर्दै राष्ट्रिय लिग सहितका एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता राईले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay