scheduleआइतवारफाल्गुन १६ गते, २०७७

जातीय विवाद चर्किएको सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

एजेन्सी, ६ माघ । जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ ।

करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताए ।

संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेलगत्तै भएका घटनापछि उनीहरूलेत्यस क्षेत्रमाण् थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ ।

पश्चिम डार्फरको राजधानी एल जेनिनामा शनिबार हिंसा भडकिएको र कम्तिमा १०० व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर अब्दल्ला अल–डुमाले बताए । घटनामा १३० भन्दा बढी घाइते भएका उनले बताए ।

पश्चिम डार्फरमा सुरक्षा स्थापनार्थ गर्न खार्तूम र अन्य राज्यहरूबाट सैनिकहरू त्यहाँ आउँदा राज्यव्यापी निषेधाज्ञा लगाइएको छ । उक्त क्षेत्रमा आइतवारदेखि कुनै झडप भएको छैन तर लुटपाटको घटना भएका बताइएको छ ।

विशेषगरी आन्तरिक रूपमा विस्थापितहरू रहेको केरिन्डिग शिविरमा बस्ने नागरिकका घर र खेतहरूमा आक्रमणकारी समूहहरूले लुटपाट मच्चाएको डुमाले एएफपीलाई बताए ।

एल जेनेइना र केरिन्डिग शहर र यसका वरिपरिका स्थानमा सुरक्षाकर्मी तैनाद गरिएको छ जसका कारण राज्यको अवस्था मङ्गलबार शान्त भएको छ ।

दक्षिण डारर्फरमा सोमबार फाल्लाता जातीय समूह र अरब रिजेगात जनजातिबीच भएको एक छुट्टै झडपमा कम्तिमा ५५ जना मारिएका र ३७ जना घाइते भएका छन् ।

आदिवासी नेता मोहम्मद सालेहले फोनमार्फत एएफपीसँग भने, ‘दक्षिण डार्फरको हाम्रो गाउँमा आज अवस्था शान्त छ । सेनाको अत्यधिक उपस्थितिपछि त्यहाँ झडपहरू भएका छैनन् । उनले थपे, ‘द्वन्द्वरत शक्तिहरूले शक्ति सञ्चय गरी पुनः हिंसात्मक झडप गर्नसक्ने भयले स्थानीय नागरिकहरू भने त्रसित छन् ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay