scheduleसोमवारफाल्गुन २४ गते, २०७७

चेल्सीलाई हराउँदै लेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौं, ७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टरले चेल्सीलाई २-० ले हराएको हो ।

लेस्टरको जीतमा विलफ्रेड एनडिडी र जेम्स म्याडिसनले १-१ गोल गरेका थिए । चेल्सीविरुद्ध लेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

पहिलो हाफको छैटौं मिनेटमा हार्वे बार्नसको पासमा एनडिडीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा मार्क अलब्राइटनको पासमा म्याडिसनले गोल गरेपछि लेस्टरको अग्रता दोब्बर भएको थियो ।

चेल्सीविरुद्ध गोल गरेपछि लेस्टरका जेम्स म्याडिसन

पहिलो हाफमै २-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि गोल भने हुन सकेन ।

यस जीतसँगै लेस्टर सिटी १९ खेलबाट ३८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ३७ अंक छ र दोस्रोमा छ । पराजित चेल्सी भने २९ अंकसहित आठौं स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा वेस्टह्याम युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay