इंग्ल्यान्डविरुद्धको टेस्टका लागि भारतीय क्रिकेट टोलीको घोषणा
काठमाडौं, ७ माघ । आउँदो फेब्रुअरी पहिलो सातादेखि सुरु हुने इंग्ल्यान्डविरुद्धको टेस्ट श्रृंखलाका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । नयाँ चयन समितिले सुरुवाती दुई टेस्टका लागि १९ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भारतमै हुने उक्त टेस्टका लागि नियमित कप्तान विराट कोहली पुनः टोलीमा फर्किएका छन् । सुत्केरी बिदामा रहेका उनी अस्ट्रेलियासँगको पछिल्ला ३ टेस्ट क्रिकेटमा सहभागी रहेका थिएनन् ।
मङ्गलबार घोषित टोलीमा इशान्त शर्मा र हार्दिक पान्ड्या समावेश छन् भने अस्ट्रेलियासँगको खेलबाट टेस्टमा डेब्यु गरेका युवा बलर थङ्गरसु नटराजन र खराब फर्ममा रहेका ब्याट्सम्यान पृथ्वी श टोलीमा अटाएका छैनन् ।
डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका शुभमन गिल, मोहम्मद सिराज, शार्दुल ठाकुर टोलीमा अटाएका छन् भने चोटका कारण हनुमा विहारी, मोहम्मद शामी र उमेश यादव बाहिर रहेका छन् ।
भारतीय टोली: विराट कोहली (कप्तान), अजिन्क्या रहाणे (उपकप्तान), रोहित शर्मा, मयंंक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, केएल राहुल, हार्दिक पान्ड्या, रिषभ पन्त, ऋद्धिमान शाहा, रविचन्द्रन आश्विन, कुलदीप यादव, अक्षर पटेल, वासिङ्टन सुन्दर, इशान्त शर्मा, जसप्रीत बुमराह, मोहम्मद सिराज, शार्दुल ठाकुर