म्यासेन्जरमा अश्लिल भिडियो पठाउने शाही प्रहरी खोरमा
काठमाडौं, ७ माघ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट अश्लिल भिडियो पठाउने एक युवकलाई पक्राउ गरेको छ ।
ती युवकले सामाजिक सञ्जालमा महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन गर्ने काम गरिरहेको प्रहरीको आरोप छ ।
सल्यानी- २० का एक परिचित युवतीलाई फेसबुक म्यासेन्जरबाट अश्लिल सन्देश पठाउने ३६ वर्षीय रमेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सल्यानको कालागाउँ-२ बाल्लेका शाही अहिले कुम्खा गाउँपालिका-४ सेराडाँडा बस्दै आएका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिएका छन् ।