ओली कदमको पक्षमा कमल थापा, भन्छन्- यो कोलाहल निरर्थक छ

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको राप्रपा अध्यक्ष कमल थापाले बचाउ गरेका छन् । अध्यक्ष थापाले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाउँदै ओली कदमको बचाउ गरेका हुन् ।
बुधबार एक ट्वीट सन्देशमा उनले भनेका छन्, ‘संसद विघटनबारे विवाद/फरकमत हुनु स्वभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’भयो, संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ ।’
अध्यक्ष थापाले १४ वर्षको राजनीतिक अभ्यासले यो व्यवस्थाको औचित्यमाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । बितेको १४ वर्षमा कमल थापा पनि सरकारमा सहभागी हुँदै आएका छन् ।
‘बरु गत १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको छ । यो अवस्थामा ताजा जनादेश उपयुक्त छ ।’
संसद विघटनवारे विवाद/फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’भयो,सविधानको हत्याभयो भन्ने कोलाहल निरर्थक छ।बरु गत १४बर्षको अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ।यो अवस्थामा ताजा जनादेश उपयुक्त छ
— Kamal Thapa (@KTnepal) January 20, 2021